काठमाडौं,१९ वैशाख । आगामी वैशाख ३१ मा हुन लागेको काठमाडौं र ललितपुर महानगरपालिकाको मेयरमा नेकपा (एमाले) र राप्रपाको चुनावी तालमेलसहित उम्मेदारी दर्ता गरेको छ ।
एमालेले काठमाडौंबाट विद्यासुन्दर शाक्य ललितपुरबाट हरिकृष्ण व्यञ्जनकारलाई मेयरमा उम्मेदवार बनाउने निर्णय गरेको छ भने राप्रपाबाट उप- मेयरमा राप्रपालाई दिएको छ ।
काठमाडौं र ललितपुरमा एमाले र राप्रपावीच चुनावी तालमेल हुने भएको छ ।
दुबै महानगरपालिकामा एमालेले मेयर र राप्रपाले उपमेयरमा उम्मेद्वारी दिन दुबै दलका नेताहरु सहमत भएका छन् ।
राप्रपा अध्यक्ष कमल थापा र दीपक बोहोराले एमालेको संसदीय दलको कार्यालयमा पुगेर केपी ओलीसँग चुनावी तालमेलबारे छलफल गरेका थिए ।