टोकियो । जापानको टोकियोमा सम्पन्न चौथो हिमालयन गोल्ड कपमा ब्लु रे एफसीलाई ट्राइबेकरमा ३-१ ले हराउदै काभ्रेली समाज जापानले पाँच लाख येनसहित कप उचालेको छ ।
फुजीमोरी फुट्सल पार्कमा मार्च १९ तारिख भएको चौथो हिमालयन गोल्ड कपको उपाधी काभ्रेली समाज जापानले ५ लाख पुरस्कार सहित हात पारेको हो ।
त्यसैगरी दोस्रो हुने टिमलाई दुई लाख र कप, तेस्रो स्थानको लागी भएको खेलमा अल स्टार एफसिलाई कोइन टसमा हराउदै राइजिंग नेपालले १ लाख र कप जित्न सफल भएको क्लबका अध्यक्ष अखिल लामाले जानकारी दिनुभयो।
जापान भरिको खेलप्रेमीलाई समेटेर गर्दै आईरहेको प्रतियोगितामा बिगतका वर्षहरुमा झैं यो पटक पनि ३३ टिमहरूको सहभागिता रहेको थियो ।
उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडी काभ्रेली समाजका सोबिन लामा, उत्कृष्ट किपर काभ्रेली समाजका सुरज केसी, उत्कृष्ट स्ट्राइकर ब्लुरे एफ सि मका बिकास केसी, उत्कृष्ट डिफेन्डर राइजिंङ नेपालका कमल मगर घोषित भएका छन ।
साथै बिजेता टिमहरुलाई प्रमुख अथिति एनआरएनए जापानका अध्यक्ष शिब प्रसाद पौडेल लगाएत अथितिहरु वरिष्ठ उपाध्यक्ष नबिन न्युरे, महासचिब सिद्धार्थ श्रेष्ठ, पूर्व नेपाली राष्ट्री फूटबल खेलाडी बसन्त गौचनद्वारा पुरस्कार बितरण गरिएको क्लबका महासचिब मनोज श्रेष्ठले जनाकारी दिनुभयो ।

