टोकियो,१९ वैशाख । नेपाल पत्रकार महासंघ जापान शाखाको नव निर्वाचित अध्यक्ष मोहनसिंह घलेले जापानमा क्रिर्यासिल पत्रकारहरूलाई एकजुट बनाएर साथमा लिएर जाने वचन दिनुभएको छ ।
जापानको राजधानी टोकियोमा भएको बुझबुझारथ कार्यक्रममा सो कुरा राख्नु भएको हो । एक महिना अर्थात अप्रिल १० मा सम्पन्न पत्रकार महासंघ जापानको तेस्रो अधिवेशन पछी आज सम्पन्न अघिल्लो कार्य समितिले नया कार्य समितिलाइ बुझबुझारथ कार्यक्रममा सम्पन्न भएको थियो ।
निर्वाचन समितिको अध्यक्ष भूषण घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निबर्तमान अध्यक्ष तिलक मल्ल ,निर्वाचन समितिका सदस्य पवन वर्षा शाह,निवर्तमान कोषाध्यक्ष स्रवन सत्याल,पूर्वसचिव अनूपराज कडेल्,पत्रकार महासंघको निवर्तमान सदस्य प्रेमिला गौचन, लगाएतको सहभागिता रहेको थियो ।
कार्यक्रममा नव निर्वाचन पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण कार्यक्रम पनी सम्पन्न भएको छ ।
उक्त कार्यक्रम निवर्तमान अध्यक्ष तिलक मल्लले मेरो जीवन रहुन्जेल पत्रकारहरूको हक़हितको लागी काम गर्ने बताउदै सबैलाई मिलाएर अघि बढ़न आग्रह गर्नु भयो ।