टोकियो । नेपाल आदिवासी जनजाति महासंघ जापानको १६ औ महाधिवेशन आगामी अगस्ट १३ आइतवारको दिन गर्ने गरी निर्णय गरिएको छ ।
अप्रिल ३० आइतवार बसेको बैठकले देहायका प्रस्ताब र निर्णयहरु गरिएको सचिव देबी इग्नामले जानकारी दिनुभयो
साथै ७ मे २०१७ आइतवारका दिन नेपाल आदिवासी जनजाती महासंघ जापानले सदाझै यसपटक पनि बुद्द जयन्ती मनाउने निर्णय गरेको छ । बुद्द जयन्ती सफलताका सथा सम्पन्न
गर्नाको निम्ति लक्पा गेल्बु शेर्पाको संयोजनमा ४ सदस्य समिति तोकिएको छ । सदस्याहारू पेम्बा लामा, सोममाया गुरुङ, कर्मा वाङेल लामा र केसाङ लामा रहेका छन ।
साथै सो बैठकले एनआरएनए जापानको आसन्न अधिबेसनलाई पूर्णरुपमा सहयोग पुर्याउन निर्णय गरेको छ । महाधिवेशन सफल गर्न आदिवासी जनजाति महासंघ जापानको १६ औ महाधिवेशन आगामी अगस्ट १३ आइतवारको दिन गर्ने गरी निर्णय गरिएको छ । महाधिवेशन सफल गराउन सुकमान थिङ तमाङको संयोजनमा ४ सदस्य समिती बनेको छ जसमा अध्यक्ष पासाङ शेर्पा, महासचिब हर्क गुरुङ, सचिब देवीबहादुर इङ्नाम र एकल जातिय संस्थाका अध्यक्षहरु पदेन सदस्य रहने निर्णय गरिएको छ ।
उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ जापानका नबनिर्वाचित अध्यक्ष मोहन घलेलाई बधाई तथा सम्मान गरिएको थियो ।