आइतबार, माघ १३, २०८१

गच्छदार पनि प्रन्या कार्कीमाथिको महाभियोगको विपक्षमा

काठमाण्डौ,१९ वैशाख । प्रधानमन्त्री दाहालसँग सोमबार साँझ भेटेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले प्रधानन्यायाधीश कार्कीमाथिको महाभियोग तत्काल फिर्ता नलिए वर्तमान सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिनसक्ने चेतावनी दिएका छन् ।गच्छदारले महाभियोगजस्तो प्रस्ताव संसद्मा दर्ता हुँदा सरकारलाई समर्थन दिएका दलहरूसँग परामर्श नगर्नुको उद्देश्य स्पष्ट गर्नसमेत दाहालसँग माग गर्नुभएको थियो ।

प्रधानमन्त्रीले सोमबार नै राप्रपाले सरकारको समर्थन फिर्ता लिएको हुँदा लोकतान्त्रिकलाई सरकारमा सहभागी हुन गरेको आग्रहलाई गच्छदारले अस्वीकार गरेको जानकारी स्रोतले दियो ।फोरम लोकतान्त्रिक संसदीय दलका प्रमुख सचेतक योगेन्द्र चौधरीले भन्नुभयो, ‘सरकारलाई दिएको समर्थन आजको दिनसम्म जारी छ । भोलिका दिनमा उसको गतिविधिमा भर पर्छ ।@अन्नपूर्ण पोस्ट ।