रामेछप्,१९ वैशाख । नेकपा एमाले मन्थली नगरपालिका वडा १२ को चुनाबी अभियान सुरु गरेको छ । सोमवारबाट सुरु भएको उक्त चुनावी अभियानलाई सम्बोधन गर्दै वडा अध्यक्ष कृष्णहरि अधिकारीले जीत सुनिश्चित रहेको उदघोस गरेका छन । एमाले उम्मेदवारहरु साबिकको गेलु १सिक्राल निबासी गणेश ब बुढाथोकीको हातबाट टिका गह्रण गरि आफ्नो चुनाबी अभियान तीब्र रूपमा सुरु गरिएका छ्न । अभियानमा स्थानीय नेताहरु कर्ण ब पाण्डे ,धुर्ब कुमार बुढाथोकी,कृष्ण ब बुढाथोकीको लगाएत सयौ स्थानीय नेता कार्यकर्ताको सहभागी थियो ।
कृष्णहरि अधिकारीको राजनितिक वेलिविस्तार
बि.स २०१६ सालमा गेलु ३ मा जन्मीएका अधिकारी दोलखाको मेलुङ गाविसमा रहेको त्रीभुवन माविमा पढ्दै गर्दा अनेरास्ववियुको राजनितिमा लागेका थिए । त्यहिवाट बामपन्थी राजनिति बुझेका अधिकारी केहि समय शिक्षण पेशामा आबद्ध रहे ,भने बाकि समग्र समय नेकपा एमालेको पार्टी राजनितिमा बिताएका छन । रामेछापमा तिन पुष्ते राजनितिक सम्बन्ध रहेका अधिकारीका बाबु रिपमर्दन अधिकारी पुराना कम्युनिष्ट नेता हुन् भने हाल जेष्ट कम्युनिष्ट मञ्चका केन्द्रीय सदस्य छन् । छोरा सागरहरि अधिकारी अनेरास्ववियु रामेछापका अध्यक्ष छन् ।
२०४३ सालमा पञ्चभित्र प्रगतीशिल उम्मेद्वार छिर्ने पार्टीको निर्देशन अनुसार उनी साविकको गेलु गाविसको जननिर्वाचित उपप्रधान पञ्च बनेका थिए भने २०४७ सालमा पार्टी सदस्यता प्राप्ती गरेका थिए । ठुलो मतदाता सङख्या र एमालेको पकेट क्षेत्र मानिएको गेलुमा बि.स २०४९ सालमा निर्वाचित गाविस अध्यक्ष पुन:२०५४ सालमा सोहि गाविसको अध्यक्ष बनेका थिए । २०५५ सालवाट एमाले रामेछापको ज़िल्ला कमिटीमा राजनितिक गरिहेका उनी २०६६ सालमा भएको छैठौ जिल्ला अधिवेशनबाट र्निबिरोध निर्वाचित जिल्ला उपाध्यक्ष भएका थिए ।
अहिले चुनावी दौरानको सिलसिलामा एमाले मन्थली नगरकमिटीको संयोजकको भुमिकामा छन् । पार्टीभित्र सरल अनुशासित जनमैत्री स्वभावका छन् ।