शुक्रबार, बैशाख १४, २०८१

युएईमाथि जित निकाल्दै नेपाल यु–१९ विश्वकपमा छनोट

काठमाडौं । आईसीसी यु-१९ विश्वकप एसिया छनोटमा नेपालले घरेलु टोली यूएईलाई हराएको छ । बिहीबार भएको खेलमा नेपालले यूएईलाई ७ रनले हराएको हो । योसँगै नेपालले यु-१९ विश्व कपमा पुगेको छ । अब २०२४ मा श्रीलंकामा हुने यु-१९ विश्वकपमा नेपालले खेल्नेछ ।

जितका लागि १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको यूएई ४८ ओभरमा १ सय ८५ रनमा अल आउट भयो । दीपेश कँडेलले ४७औं ओभरमा तीन विकेट लिएर नेपाललाई विश्वकपमा पुर्याएका हुन् । यूएईका लागि इथान डी सोल्झाले सर्वाधिक ५० रनको योगदान दिए। ओपनर अर्यान्श शर्मा ५० बलमा ४ चौकासहित ३२ रनमा सुवास भण्डारीको बलमा बोल्ड आउट भए।