मङ्गलबार, चैत १४, २०७९

भुम्लुमा सप्ताह व्यापी वृहत निःशुल्क आँखा शिविर हुने

काभ्रे । काभ्रेको भुम्लुमा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । लायन्स क्लब अफ काठमाडौँ कञ्चनजंघाको आयोजना र किर्तिपुर आँखा अस्पतालका आँखा स्वास्थ्यकर्मीहरूको उपस्थिति तथा भुम्लु गाउँपालिकाको सहकार्यमा पालिका स्तरिय शिविर  सञ्चालन हुने भएको हो ।

आगामी फागुन २३ गते देखि २९ गतेसम्म पालिकाको विभिन्न स्थानमा हुने शिविरमा आँखाको स्वास्थ्य परीक्षणसहित मोतियाविन्दुको निःशुल्क शल्यक्रिया हुने बताइएको छ । आँखा शिविर आगामी फागुन २३ गते श्री सिम्थिली स्वास्थ्य चाैकी र बेखसिम्ले स्वास्थ्य चौकीमा २४ गते श्री चौवास स्वास्थ्य चाैकी र श्री कोलाँती स्वास्थ्य चौकीमा र २५ गते श्री दाेलालघाट स्वास्थ्य चौकी र श्री ज्याम्दी स्वास्थ चाैकीमा र २६ गते श्री सापिङ स्वास्थ चाैकी र श्री सापिङ सामुदायिक स्वास्थ ईकाईमा र २७ गते श्री फलाँटे स्वास्थ चाैकी, श्री भुम्लुटार स्वास्थ चाैकी र श्री सल्ले भुम्लु स्वास्थ चाैकीमा हुनेछ । शिविर विहान १० वजे देखि ३ वजेसम्म संचालन हुने गाँउपालिकाले जनाएको छ ।

आगामी फागुन २३ देखि २७ गतेसम्म हुने शिविरमा आँखा परीक्षण र उपचारका साथै मोतियाविन्दुका बिरामीको पहिचान हुनेछ । मोतियाविन्दुका बिरामीको शल्यक्रिया भने फागुन २७, २८ र २९ गते भुम्लुबेसीस्थित भुम्लु आधारभुत अस्पतालमा हुने गाउँपालिका प्रमुख प्रेम बहादुर भुजेलले जानकारी दिए । शिविरमा सहभागी भई आँखा जाँच गर्न गाउँपालिकाले आह्वान गरेकाे छ ।

%d bloggers like this: