बुधबार, भदौ २४, २०८३

जेन–जीको असल अपेक्षामा विध्वंस मच्चाएर अरु नै तत्त्वले लाभ लिएको एमालेको निष्कर्ष

नेकपा (एमाले) ले गत भदौमा जेन–जीको अपेक्षामा विश्वंस मच्चाएर गलत तत्त्व लाभ लिएको निष्कर्ष निकालेको छ । जेन–जी विद्रोहको एक वर्ष पुगेको अवसरमा प्रेस वक्तव्य जारी गर्दै एमालेले उक्त निष्कर्ष निकालेको हो ।

‘नवयुवाहरूको सरोकार, अपेक्षा र मनशाय असल थियो । जेन–जी विद्रोहका नाममा जुन हिंसा र विध्वंश भयो, त्यसमा नवयुवाहरूको संलग्नता थिएन । तर, अरु नै तत्वहरूले त्यसको लाभ लिए’, वक्तव्यमा भनिएको छ ।

त्यसरी लाभ लिनेहरूको अनुचित भूमिकाका कारण आज जेन–जीमा निराशा छाएको एमालेको भनाइ छ ।त्यसपछि देश गलत व्यक्तिहरूको हातमा जाँद राष्ट्र भूराजनीतिक द्वन्द्वमा धकेलिने जोखिम बढ्दै गएको एमालेको भनाइ छ । अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, ‘विध्वंशले थलापरेको अर्थतन्त्र तङ्ङ्ग्रिन सकेको छैन, र व्यवसायीहरूको मनोबल इतिहासकै न्यून विन्दुमा झरेको छ । सामाजिक सद्भाव, सहिष्णुता र असल संस्कारलाई भत्काएर अराजकता, हिंसा र विद्वेषलाई बढावा दिने काम भइरहेको छ । राष्ट्र भूराजनीतिक द्वन्द्वमा धकेलिने जोखिम बढ्दै गएको छ ।’

यसमा तपाईको प्रतिक्रिया