आइतबार, माघ १३, २०८१

पत्रकार सापकोटालाई नागोयामा सम्मान

नागोया । नेपाल पत्रकार महासंघ जापान शाखाको तेस्रो अधिवेशनबाट उपाध्यक्ष निर्वाचित बिनोद कुमार सापकोटालाई कार्यकालको शुभकामनासहित सम्मान गरेको छ ।
नागोयामा एमाले प्रवास संगठन प्रवासी नेपाली मंच चुबु कमिटिले एक भेला गरी सम्मान गरेको हो ।
मंचको चुबु कमिटिका अध्यक्ष अशोक अधिकारीको अध्यक्षतामा बसेको उक्त पहिलो बैठकले आगामी दिनमा सदस्यता थप गरी जाने र कमिटिलाई चुस्तदुस्त बनाउने समेत निर्णय गरेको अध्यक्ष अधिकारीले बताउनु भयो ।