बुधबार, बैशाख १२, २०८१

गोपाल पराजुली कार्यवाहक प्रधानन्यायाधीश नियुक्त

काठमाडौं,१७ बैशाख । प्रधानन्यायाधीश सुशीला कार्की निलम्बनमा परेसँगै सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश गोपाल पराजुली कार्यवाहक प्रधानन्यायाधीश भएका छन् । कार्की निलम्बनमा परेसँगै रिक्त रहेको उक्त पदमा वरिष्ठताका आधारमा पराजुली स्वतः कार्यवाहक प्रधानन्यायाधीश नियुक्त भएका हुन् । पराजुलीले पदभार सम्हालेका छन् ।

आइतवार कार्कीमाथि २ सय ४९ सांसदले संसदमा महाभियोग प्रस्ताव दर्ता गरेसँगै उनी निलम्बनमा परेकी हुन्।