मङ्गलबार, चैत १४, २०७९

एनआरएनए तोचिगीद्वारा डोटीका ५० जना विद्यार्थीलाई २ लाखको शैक्षिक सामग्री वितरण

जापान । गैरआवासीय नेपाली संघ क्षेत्रीय समिती (एनआरएनए) तोचिगीले डोटी जिल्लाका बिभिन्न स्कुलमा ५० जना विद्यार्थीहरुलाई शैक्षिक साम्रागी बितरण गरेको छ।
एनआरएनए तोचिगीका उप संयोजक तथा शैक्षिक सामाग्री बितरण कार्यक्रम” का कार्यक्रम संयोजक सन्तोष घिमिरेको प्रत्यक्ष सहभागीतामा सो कार्यक्रम सम्पन्न भएको छ। डोटी जिल्लाको पूर्बिचौकी गाउँपालीकाका विद्यालय क्रमशः श्री पबित्र आवसिय बिद्यालय,श्री चैकोट आधारभुत बिद्यालय, श्री दुर्गा माध्यामिक बिद्यालय, श्री पदम मुक्तिनारायण बिद्यालय,श्री काडाँमाण्डौ माध्यामिक बिद्यालय,श्री तेडी प्राथामिक बिद्यालय र श्री बाजकोटी आधारभुत विद्यालयका गरि जम्मा ५० जना बिध्यार्थिलाई विद्यालयको पोशाक, झोला र खेलकुदका सामाग्रीहरू बितरण गरिएको जानकारी तोचिगी क्षेत्रीय समितीका संयोजक मंदिप क्षेत्रीले जानकारी दिनु भयो। शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम डोटी जिल्लाको रेडक्रस संग समन्वय गरि गरिएको थियो।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी डोटी जिल्ला सभापति खडक बहादुर खड्का, नेपाल रेडक्रस सोसाइटी डोटी जिल्ला मन्त्री सुवाश श्रेष्ठ, लेखक प्रशासक अधिकृत प्रकाश बाहदुर केसी तथा कार्यक्रमा रुपन्देही जिल्लाको बुटवलमा व्यवसाय गरेर बस्नुहुने समाजसेवी रमेश अर्याल र राजेन्द्र अर्यालको उपस्थिती रहेको समितीका सचिव उत्तम खनालले जानकारी दिए ।
कार्यक्रमका लागी यातायात ब्यबस्थापन दिपक पौडेलले गर्नु भएको र आर्थिक सहयोग गर्नेहुने तोचिगी नगर शिक्षा शाखाका उप प्रमुख केनईची यामागुची र एनआरएनए जापानका बरिष्ठ उपाध्यक्ष नबिन न्यूरेलाई बिशेष धन्यवाद दिएको छ ।

यस कार्यक्रमलाई नेपाली २ लाख बराबरको सहयोग कार्यक्रम भएको कोषाध्यक्ष प्रकाश जंग सिंहले बताउनु भयो ।

%d bloggers like this: