मङ्गलबार, चैत ११, २०८१

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव पेश

काठमाडौं,१७ बैशाख । सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव व्यवस्थापिका संसदमा दर्ता गरेका छन् ।

यससँगै कार्की स्वतः निलम्बित भएकी छन् । कांग्रेस र माओवादीका २५९ सांसदको हस्ताक्षरसहित दर्ता भएको महाअभियोग प्रस्तावमा प्रधानन्यायाधीश कार्कीमाथि ९ अभियोग लगाइएको छ ।

महाअभियोगका प्रस्तावक मीन विश्वकर्माका अनुसार कार्कीमाथिको पहिलो अभियोग कार्यकारी अधिकारीमाथि हस्तक्षेप गरेको लगाइएको छ । डीआईजी जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाउने सरकारको निर्णय खारेज गरेपछि नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाटै सर्वोच्चको फैसलाले कार्यकारी अधिकारमाथि हस्तक्षेप गरेको ठहर गरेको थियो ।

सामना गर्ने प्रन्या कार्कीको उद्धघोष  

प्रधानन्यायाधीश सुशीला प्रन्या कार्कीको उद्धघोषकार्कीले आफु विरुद्धको महाअभियोग प्रस्ताव  जमेर सामना गर्ने उद्धघोष   गर्नु भएको छ । यहाँले भन्नु भयो मैले कुनै गल्ती गरेकी छैन। घुस लिएर, कसैको दबाब र प्रभावमा परेर फैसला गरेकी छैन। महाअभियोग दर्ता भयो भन्दैमा डराएर बस्दिनँ। जमेर महाअभियोगको सामना गर्छु ।