काठमाडौं,१७ बैशाख । काठमाडौँको भृकुटीमण्डपमा शुरु भएको बैंकिङ एक्स्पो–२०१७ को तेस्रो दिन आईतबार अवलोकनकर्ताको आकर्षण देखिएको छ । शुक्रबारदेखि आईतबार आजसम्म् चल्ने मेलामा उल्लेखीय उपस्थिती रहेको छ । शनिबार बिहान १० बजे बाट शुरु भएको दोस्रो दिनको कार्यक्रममा अवलोकनकर्ताको उल्लेखीय उपस्थिती देखिएको हो ।
शनिबार बिभिन्न कलेजका बिद्यार्थी तथा बैंकिङ सरोकार राख्ने व्यक्तिहरुको जमात अवलोकनका लागि भृक्टीमण्डपमा भिड लागेको थियो । दोस्रो दिनको बिशेष कार्यक्रममा डेप्टी गभर्नरहरु चिन्तामणी सिवाकोटी तथा शिवराज श्रेष्ठको बिशेष प्रिजिन्टेशन हुने भएकाले पनि अवलोकनकर्ताको उल्लेखीय उपस्थिती रहेको छ । मिडिया इन्टरनेशनलको आयोजनामा नेपाल राष्ट्र बैंक, बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकर्स एशोसियसन लगायतको सहभागितामा आयोजित कार्यक्रम तीन दिनसम्म चल्नेछ ।
एक्स्पोको पहिलो दिन कार्यक्रमको उद्देश्यको बारेमा जानकारी दिइएको थियो । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपाल, बैंकर्स संघका अध्यक्ष अनिल केशरी शाह लगायतले कार्यक्रमको महत्वका बारेमा प्रकाश पार्दै यस्ता कार्यक्रम आगामी दिनमा पनि भइरहनुपर्ने बताए ।