शुक्रबार, चैत १६, २०८०

गायक दुतराज जापानकाे सांगीतिक यात्रामा आउँदै

जापान : धवलागिरीको काख म्याग्दी जिल्लाको बेनीमा जन्मिएका गायक हुन् प्रकाश दूतराज, हीमालको चिसो हावाको झोक्का जस्तै,तरंग र पानीको बहावसरि मजा आउछन् दुतराजका गितहरु ।
उनी गीत गाउने मात्रै होइन, गीत लेख्ने पनि गर्छन्। संगीत पनि भर्छन्। र आफ्नै गीतको म्युजिक भिडियोमा अभिनयको अभिभारा समेत आफैँ बोक्छन्। यो उनक खुबी हो । यसो भनौ न बहुमुखी प्रतिभाका धनि छन् दूतराज ।
पछिल्लो समयका हिट गायको सुचिमा अग्रपंतिमै आउछ प्रकास दूतराजको नाम । उनी नाम जस्तै गित संगितका प्रकासहुन भन्दा फरक नपर्ला । आरने’ बोलको गीतबाट उनको चर्चा सुरु भयो। आरनेको बाटो हुदै उनी ‘बैनी झ्यालैमा’ बोलको गीतले उनलाई लोकगीत प्रेमीको माझमा पुर्‍यायो। उनले गाएको ‘घर कता हो बैनी’को गीतले सर्वाधिक सफलता हासिल गर्‍यो। आज पनि जनजिब्रोमानै झुन्डिन्छ यो गित । पछिल्लो समयका सबै हिट गितहरु गायका प्रकाश जापान टुरमा आउदै छन् । जापानका बिभिन्न सहरहरुमा टोकियो फेव्रवरी १२, फुकुओका फेव्रवरी १८,नागोया १९,ओसाका २९,नारिता अप्रिल २ मा धमाका हुदैछ ।

कार्यक्रमको मुनाफाबाट आर्थिक कोष स्थापना गरिने कार्यक्रम संयोजक सचिन श्रेठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार प्रत्येक व्यक्तिले लिने टिकटको पैसा आफैमा पुण्यको काममा खर्च हुने विश्वासका साथ कार्यक्रममा उपस्थित हुन जापानवासी नेपालीहरूमा अनुरोध गर्नु भएको छ ।