जापान । हाईजिमा युथ क्लब जापानले चौथो हिमालयन गोल्ड कप २०२३ आयोजनाको तयारी गरेको छ ।
आउँदो मार्च १९ तारिख जापानको टोकियो फुजीमोरी फुट्सल पार्कमा हुने प्रतियोगितामा चौथो हिमालयन गोल्ड कप मा प्रथम हुने टोलीलाई पाँच लाख येनसहित कप दिने आयोजकले जनाएको छ । प्रतियोगिताको आयोजक हाईजिमा युथ क्लब रहेको छ ।
त्यसैगरी दोस्रो हुने टिमलाई दुई लाख र कप, त्रितिए हुनेलाई १ लाख र कप तथा अन्य विभिन्न विधामा पुरस्कार दिइने क्लबका अध्यक्ष अखिल लामाले जानकारी दिए साथै खेललाई हाईजिमा युथ क्लब जापानले आयोजना र मिडिया सहयोग गर्ने भएका छन् । जापान भरिको खेलप्रेमीलाई समेटेर गर्दै आईरहेको प्रतियोगितामा बिगतको झै यो पटक पनि ३० टिमहरूको सहभागिता हुने विश्वास राखेको छ ।
उक्त प्रतियोगितामा सहभागी हुनको लागि ४१ हजार येन दर्ता शुल्क लाग्ने क्लबको सदस्य नरेन्द्र गोपालीले जनाएको छ साथै उत्कृष्ट बिधालाई बिषेस पुरस्कारको ब्यबस्था रहेको छ

