बिहिबार, बैशाख १३, २०८१

तेक्वान्दो खेलाडीलाई टोकियोमा एनआरएनए जापानको सम्मान

टोकियो,१५ वैशाख । गैर-आवाशीय नेपाली संघ जापानले नेप्लिज तेक्वान्दो एकेडेमीका खेलाडीहरुलाई टोकियोमा स्वागत तथा सम्मान गरेको छ । बिहिबार एक कार्यक्रम आयोजना गरि नेपाली खेलाडीहरु लाइ सम्मान गरेको हो ।

जापानका लागी नेपालका कार्यबाहक राजदुत कृष्ण चन्द्र अर्यालको प्रमुख अतिथ्यतामा खेलाडीहरु लाइ सम्मान गरिएको हो । सो कार्यक्रममा जापानमा रहेका बिभिन्न संघसंस्थाहरुले आर्थिक सहयोग सहित सम्मान गरेका थिए ।
खेलाडीहरुलाई गैर-आवाशीय नेपाली संघ जापानले ५ मान, गैर-आवाशीय नेपाली संघ केन्द्रिय उपाध्यक्ष भबन भट्टवारा ४  मान,अन्तराष्ट्रिय नेपाली समाज जापान (नयाँ शक्ति)ले २ मान, तमुधि जापान द्वारा २ मान, कास्की पोखरा समाजले १ मान २ हजार, ओनोजापान द्वारा १ मान, मनाङ्ग सोसाइटी द्वारा १ मान, सहभागीहरु द्वारा उठाइएको रकमबाट खाजा खर्च कटाएर गित गजल द्वारा ३ मान पांच हजार येन आर्थिक सहयोग गरेका छन ।

कार्यक्रममा प्रशिक्षक अशोक खड्काले नेपालको तेक्वान्दो खेलले अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको इज्जत राख्न सफल भए पनि पूर्वाधार बिकास गर्नु पर्नेमा जोड दिए । यस प्रतियोगितामा नेपालको तर्फ बाट बिबेक श्रेष्ठ, प्रजुंन बिकले स्वर्ण, तिलक लामाले रजक, प्रगति कुइकेलले कास्य पदक प्राप्त प्राप्त गरेका थिए ।  सम्मान कार्यक्रमको सभातित्व एनआरएनए जापानका अध्यक्ष सुदन थापाले गरेका थिए भने संचालन महासचिब अनुज थापाले गरेका थिए भने  संयोजन बुद्दि घिमिरेले गरेका थिए ।