शुक्रबार, बैशाख ०७, २०८१

स्याङजा समाज जापानको छैठौं अधिवेशन मार्च २६ मा हुने

जापान। विभिन्न पेशा व्यवसाय र अध्ययनका शिलशिलामा जापानमा रहेका जापानवासी स्याङजालीहरुको संस्था स्याङजा समाज जापानको छैठौं अधिवेशन मार्च २६ तारिख हुने भएको छ ।

विविध उदेश्य र लक्ष्यसहित परदेशिएका जिल्लावासीहरुको सुख दु:खमा हातेमालो गर्दै अगाडी बढ्ने उदेश्यले सन् २०१२ मा स्थापित भएको समाज हालसम्म नागोया, सिजुओका र फुकुओका गरि जापाननका धेरै ठाउँहरुमा ईकाई समितिहरु सक्रिय छन् ।
फेब्रुवरी महिनाभित्र सबै ईकाईहरुको अधिवेशन गरेर मार्च महिनामा केन्द्रको अधिवेशन गर्ने सर्कुलरलाई मध्यनजर गर्दै नागोया क्षेत्रिय समितिको अधिवेशन फेब्रुवरी २३ तारिख गर्ने समाजका महासचिव वेद कार्कीले बताउनु भयो ।

समाजका अध्यक्ष धुर्व ज्ञवालीको संयोजकत्वमा गठन भएको अधिवेशन समितिले समाजका सल्लहकार पितम्बर चापागाईको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ । त्यसैगरि समाजका संस्थापक अध्यक्ष जिवन नेउपानेको संयोजकत्वमा विधान संशोधन समिति पनि गठन गरेको छ ।

अधिवेशन अघि होस् या अधिवेशन पछि समाजको साधारण र आजीवन सदस्य १२ महिना नै खुल्ला रहेकाले उक्त अधिवेशनमा सहभागी भई समाजमा जोडिनको लागि सम्पूर्ण जापानवासी स्याङजाली दाजुभाई तथा दिदीवहिनी सबैलाई अध्यक्ष एवं अधिवेशन संयोजक धुर्व ज्ञवालीले अनुरोध गर्नुभएको छ ।