गाेदावरी । महालक्ष्मी नगरपालिकाकी उपमेयर लक्ष्मी महर्जनले समुदाय केन्द्रीत फाेहाेर व्यवस्थापन गर्नुपर्नेमा जाेड दिएकी छिन् ।
महिला तथा बालबालिकाकाे पहलमा ”हाम्रो गोदावरी,स्वच्छ सफा र सुन्दर गोदावरी”भन्ने नाराका साथ प्रत्येक शनिबार संचालन हुँदैं आएको गोदावरीखोला क्षेत्र सरसफाइ अभियान अन्तर्गत आज महालक्ष्मी नगरपालिका वडा ८ र ६ सिद्धिपुर बिष्णुडोलको पुलमा २०४ औं हप्ताको सचेतनामुलक कार्यक्रममा सहभागी हुदै उपमेयर महर्जनले गाेदावरी खाेला जिवन्त र स्वच्छ, सफा राख्न आफुले सक्दाे सहयाेग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । साथै उनले अभियान संग सहकार्य गरी फाेहाेर व्यवस्थापनका लागि सचेतनामुलक कार्यक्रम गर्ने बताईन् ।
गाेदावरी खाेला प्रदुषित भई धार्मिक एवं सांस्कृतिक कार्यहरुमा समेत असर पर्न गएकाे बताउँदै उपमेयर महर्जनले सरसफाइ अभियान हरेक नागरिकको कर्तव्य भएको बताईन्।
यस्तै, वडा नम्बर ८ का सदस्य बिनोद के.सि ले फोहोर व्यवस्थापन घर-घर बाट नै हुनुपर्ने बताउँदै गाेदावरी खाेलाकाे आफ्नै महत्व, गरिमा, अस्तित्व र धार्मिक, सांस्कृतिक पौराणिक एवम् सांस्कृतिक विशेषता रहेको बताए । यसैगरी, कम्पोस्ट मल वितरन तथा तालिमको व्यवस्थापन समेत गर्न लागिरहेकाे उनले जानकारी दिए ।
खाेला प्रदुषित भएको ठाउँमा नगरपालिकाले निरिक्षण गर्नका लागि व्यक्ति छुट्टाउनुपर्ने बताउँदै मिलिजुली सरसफाइ उपभोक्ता समितीका अध्यक्ष कृष्णगोपाल श्रेष्ठले फाेहाेर फ्याक्ने व्यक्तिलाई जरिवाना गर्नुपर्ने बताए ।
यसैगरी, सामाजिक अभियन्ता बुद्ध महर्जनले गोदावरी खोलाको पानी पिउन योग्य बनाउन अभियान संग निरन्तर सहकार्य गरी ढलमुक्त गोदावरी खोला बनाउन अगाडि बढ्ने बताए । साथै, उपत्यकाकाे विभिन्न स्थानमा खानेपानी प्रयोजन गाेदावरी खाेला बाट नै भईरहेकाे बताउँदै महर्जनले आगामी दिनमा उपत्यकाको जिवन्त खाेला गाेदावरी खाेलालाई सबै मिलि संरक्षण गर्नुपर्ने बताए ।
यस्तै, अभियानकी संयाेजक बेबी राजभण्डारीले संकलित ३ टन फोहोर सृजनशिप प्रा.लि द्वारा व्यवस्थापन गरिएको जानकारी दिईन्। जवसम्म मानवमा जथाभावी फोहोर फाल्नु हुँदैन भन्ने जनचेतना आउँदैन तवसम्म एकपक्षले फोहोर फालिरहने र अर्को पक्षले त्यस फाहोरलाई सफा गरिरहने परम्परा यथावत रहने उनले बनाईन् । सरसफाइ सबैको लागि अति आवश्यक भएकोले समाजलाई सफा राख्नुपर्ने र फोहोर गर्न नहुने बताउँदै जथाभावी फोहोर गर्न नहुने चेतना सबैमा जागृत हुनुपर्ने संयाेजक राजभण्डारीले बताईन् ।
कार्यक्रमा, कार्यपालिका सदस्य जयन्ती महर्जन, वडा सदस्य निरन्जन पौडेल , ढुङ्गेकोट सिमथली टोल विकास समितीका अध्यक्ष बेद बहादुर खड्का, जनप्रतिनिधिहरु , नगरप्रहरी ,सामाजिक अभियन्ताहरु बिबेक कार्की , रबिन खत्री , घनश्याम खड्का , श्री कण्ठ महर्जन, प्रबिन्द्र श्रेष्ठ , सुरज श्रेष्ठ , गोपि कार्की लगायत स्थानियको सहभागीता रहेकाे थियाे ।





