आइतबार, बैशाख ०६, २०८३

“दोस्रो नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड -२०७९” माघ ६ मा

काठमाडौं । अनुराधा फिल्म्स इन्टरनेस्नल प्रा.लि.को आयोजनामा नेपाल ब्युटिसियन एण्ड फेसन अवार्डकाे२ दाेस्रो संस्करण हुने भएको छ ।

आगामी माघ ६ गते शुक्रबार चलचित्र बिकाश बोर्डको प्रेक्षालयमा सो कार्यक्रम हुने आयोजकले जनाएको छ ।

विगत १ वर्ष देखि हुदैं आएको सौन्दर्यकर्मीहरु, फेसन मोडल तथा फेशन डिजाईनरहरुको लागि’ दोस्रो नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड-२०७९’ यस वर्ष पनि हुने भएको हो ।

सुन्दरताको क्षेत्रमा योगदान पुर्याएका पार्लर, ब्युटी ट्रेनीङ सेन्टर, सौन्दर्य व्यवसाय संग आबद्ध सम्पूर्ण विधा-मेकअप, हेयर, नेल, फेसियल लगायत अन्य विधा, कस्टमेटिक प्रोडक्ट, कस्टमेटिक कम्पनि र फेसन मोडल र फेसन बुटिकलाइ अवार्ड तथा सम्मान गरिने आयोजक कमिटिका संयोजक सुर्य चन्दले जानकारी दिनुभयाे ।

अवार्डमा सौन्दर्यकला क्षेत्रमा उच्च योगदान पुर्याएका सौन्दर्यबिद, सौन्दर्यकर्मी, समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरुलाइ सम्मान गरिने छ भने सौन्दर्यकला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।