मङ्गलबार, असोज ०९, २०८०

सदावहार चर्चित गायक राजेश पायल राईको फुकुओका र नागोयाको कन्सर्ट भव्य रूपमा सम्पन्न

जापान । राष्ट्रिय आविष्कार केन्द्र नेपालको सहयोगार्थ किरात राई यायोक्खा तोकाइ नागोया जापानको आयोजना र नेपाल आदिवासी जनजाति महासंघ, जापानको सह-आयोजनामा साकेला उधौली तथा यलम्बर साँझ भव्यताका साथ सम्पन्न भएको छ।

नेफिन सांस्कृतिक साँझ अन्तर्गतको दोस्रो दिन जापानको नागोयामा किरात राईहरुको महान पर्व साकेला उधौली तथा यलम्बर साँझ २०२३ को मूल व्यानरमा गरिएको कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रमले नेपाली संस्कृति तथा देशमा प्रविधी र आविष्कारलाई टेवा पुर्याउन राजेश पायल राई र कलाकारहरु मार्फत् नागोयाबासी जनताको बुँद बुँद पसिनाले सिंचित सहयोग आविष्कार केन्द्र सम्म पुग्ने पुलको रुपमा काम गर्नेछ ।

जापानभर साङ्गीतिक भ्रमणमा रहेका नेपालका सर्वाधिक ख्याति प्राप्त लोकप्रिय गायक राजेश पायल राई “राई इज किङ” र नेपालबाटै आमन्त्रित कलाकारद्वय, सबिना योङ्हाङ् लिम्बु र समृद्धि परियार लगायतको प्रस्तुति रहनुका साथै, जापानमा रहेका गायक श्याम शितलको पनि कार्यक्रममा प्रस्तुति रहेको थियो ।
कार्यक्रममा अपेक्षा भन्दा धेरै मात्रामा दर्शक उपस्थित हुनुले हलमा सिट ब्यबस्थापन गर्न हम्मे हम्मे भएको नेफिन नागोया क्षेत्रीय समितिका सह सचिव नरेस राईले बताए ।

कार्यक्रमबारे जानकारी दिंदै गैरआवासीय नेपाली संघ, अन्तरराष्ट्रिय समन्वय समितिका सदस्य दीपक केसीले जापानमा व्यस्त जीवन शैली र नयाँ बर्षको मार मार र धेरै कार्यक्रमहरु भई रहेको अवस्थामा पनि १२०० जना भन्दा बढी दर्शक श्रोताको कार्यक्रममा उवस्लेथिती रहनुले कार्यक्रम ग्रान्ड सक्सेस भएको दाबी छ ।

चर्चित गायक राजेश पायल राई, द भोइस अफ नेपालकी फस्ट रनरअप सविना योङहाङ र द भोइस किट्स टप फाइनलिस्ट समृद्धी परियारको जापान टुर कार्यक्रमलाई ब्यवस्थापन, फुकुओका हुँदै नागोयाको कार्यक्रममा सहभागी नेफिन जापान महासचिव शिशिर लिम्बुले “फुकुओका र नागोयामा सम्पन्न कार्यक्रमबाट सन्तुष्ट रहेको“ र कार्यक्रम व्यवस्थापक र दर्शक श्रोतालाई धन्यवाद व्यक्त गरे ।

अब आयोजक संस्था नेफिन जापानले जनवरी १४ तारिख शनिबार चिबा केनको फुनाबासीमा र जनवरी १५ तारिख टोकियोको इकेगामी हलमा ”नेफिन जापान सांस्कृतिक साँझ २०२३ ” गर्ने कार्यक्रम छ।