सोमबार, भदौ २४, २०८१

स्थानिय तहको संख्या बढाउने निर्णय फिर्ता

काठमाडौं,१३ वैशाख । स्थानीय तहको संख्या बढाउने निर्णय सरकारले फिर्ता लिएको छ । सत्तापक्ष र प्रमुख विपक्षी दलबीच नयाँ बानेश्वरमा भएको छलफलमा भएको सहमति अनुसार सरकार स्थानिय तह बढाउने निर्णयबाट पछि हटेको हो । स्थानीय तहको संख्या वृद्धि गर्ने निर्णय फिर्ता लिएपछि एमालेले संसदको अवरोध खुलाएको छ ।

स्थानीय विकास मन्त्रालयले पठाएको पत्र फिर्ता लिंदै समस्या समाधानका लागि फेरि दलहरुबीच सहमति गर्ने निर्णय भएको छ । सहमति नभएपछि बुधबार बिहान बसेको संसद बैठक प्रमुख विपक्षी एमालेले अबरोध गरेको थियो ।

एमाले नता राजेन्द्र पाण्डेले सरकारले स्थानिय तहकाृ संख्या बढाउने निर्णय फिताए लिएर नयाँ ढंगले जाने सहमति गरेपछि एमालेले संसदको अवरोध खुलाएको जानकारी दिए । उनका अनुसार बिहीबार प्रमुख दलहरुबीच फेरि छलफल गरेर नयाँ खालको सहमति खोजिनेछ ।