बुधबार, माघ १८, २०७९

श्रमिक जनता सहकारीको एघारौं साधारणसभा सम्पन्न,”हामी श्रमिकको हितमा काम गर्नेछौं”

काठमाडौं । मजदुरहरुले स्थापना गरेकाे श्रमिक जनता बचत तथा ऋण सहकारी संस्थाकाे ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शनिबार राजधानीमा एक कार्यक्रम आयाेजना गरी संस्थाकाे साधारणसभा सम्पन्न गरिएको हाे । सभाको उद्घाटन गर्दै महानगरिय सहकारी विभागका अधिकृत शिवजि भट्टराईले वर्ग र समुदायमा लक्षित गरी स्थापीत सहकारी शुरूमा गुठिकाे नाममा भएपनि पछि सहकारी संस्थामा परिणत भएको बताउँदै ११ वर्ष देखि श्रमिकहरूकाे आर्थिक पक्षलाई सुरक्षित पारेकाे बताए ।

श्रमिक जनता नाम आफैमा उर्जासिल भएकोले यसले सम्पुर्ण श्रमिकहरुलाई उर्जा दिने आधार तयार गरेकाे उनकाे तर्क छ । सहकारीकाे नियमावली बन्दै गरेको बताउँदै उनले आगामी दिनमा यस सहकारीका लागि आवश्यक तालिम पनि काठमाडौं महानगरिय सहकारी विभागबाट दिन तयार रहेकाे बताए । साथै, विभागबाट सकेकाे सेवा सुविधा दिने प्रतिबद्धता समेत व्यक्त गरे । सहकारीकाे मुल मर्म नै आर्थिक लक्ष्य भएपनि पछिल्लो समय ठुला ठुला सहकारी धरासयी अवस्थामा पुगिरहेकाे बेला आर्थिक मन्दि र काेभिड महामारीका बिच पनि श्रमिक जनता नाफामा रहेकाे बताए ।

सहकारीहरुको संख्या र मुलुकको आर्थिक एवम् सामाजिक समृद्धिमा भूमिका बढदै गएको बताउँदै भट्टराईले सहकारीहरुलाई जोखिमरहित बनाउन सहकारी सुशासन र उत्तम विधिको प्रयोगमा ध्यान दिन सुझाव दिए ।

यस्तै, राेतिम कृषि सहकारी काभ्रेका संस्थापक काल्साङ लामाले अन्य सहकारि भन्दा फरक तरिकाले श्रमिकहरूकाे आर्थिक अवस्थालाई उजागर गर्न श्रमिक जनताले भुमिका खेलिरहेको बताए । आगामी दिनमा अझ धेरै श्रमिकहरू एकताबद्ध गर्नुका साथै सदस्यहरूका हित विस्तार गर्ने र आवश्यकता पूरा गर्न सफल हुन शुभकामना व्यक्त गरेका थिए ।

यसैगरी, समाजसेवी उदय लामाले उपत्यकाका थाङ्का तथा हाेटल व्यवसायी गर्ने श्रमिकहरूकाे आर्थिक अवस्थालाई मध्यनजर गरि संस्थाकाे शुरूवात भएको बताए । हाल मुलुकभर दर्जनाैं बैक तथा सहकारीमा समस्या आएपनि श्रमिक जनतामा भने त्यस्तो नरहेकाे बताउँदै उनले स्थापनाकलमा घाटामा भएपनि अहिले त्यति समस्या नभएको प्रष्ट पारे ।

अर्थतन्त्रका विभिन्न क्षेत्रमा सहकारी आफूलाई औसतभन्दा सङ्कटको सामना गर्न बढी लचिलो साबित हुने बताउँदै समाजसेवी लामाले सहकारीहरूका कारण किसान र साना व्यवसायलाई प्रभावी ढङ्गले सङ्गठित गर्दै अत्यावश्यक आर्थिक सहयोग प्रदान गर्नुका साथै गरिबलाई सशक्त पार्दै रोजगारी सिर्जना गर्न समेत सहज भएको उल्लेख गरे । बेरोजगारीको उन्मूलन र जीवन स्तरको सुधारमा योगदान गरेर सहकारी गरीब समुदायको हिस्सेदारी बनेको समेत उनकाे भनाई छ ।

सहकारिले प्रत्येक व्यक्ती र घरमा पुगेर आर्थिक चेतना फैलाउने कार्य गरेकाे सिभिल बैकका दिलिप माेक्तान बताउँछन् । बैंक सम्म पुग्न नसकेका श्रमिकहरू सहकारी सम्म सजिलै पुग्ने बताउँदै उनले मुलुकभर आएकाे सहकरीका समस्याकबिच श्रमिक जनता राम्रो भएकाले आगामी दिनमा सामाजिक उदेश्य प्राप्ति गर्न सहज हुने बताए ।

यसैगरी, संस्थाका अध्यक्ष कुमार तामाङले नेपालमा केही ठूला सहकारी उच्च नाफा र व्यवसाय विस्तारमा रहेपनि सदस्य भने संस्थाबाट प्रताडित रहेकोमा आफुहरूकाे त्यस्ताे समस्या नरहेकाे बताए । श्रमिकहरू नै शेयर सदस्य तथा संचालक भएकाले सहकार्य जरूरि रहेको बताउँदै उनले आगामी दिनमा पनि समस्या आउन नदिने प्रतिबद्धता व्यक्त गरे । आत्मसहयोग, स्वयम् जवाफदेही, लोकतान्त्रिक व्यवस्थापन, समानता, न्याय र ऐक्यबद्धता जस्ता मूल्यहरु सहकारीका आधार भएकोले अध्यक्ष तामाङले सहकारी संचालनका लागि सामूहिकता, सहयोग र आबद्धताको भावना आवश्यकता रहेकाे उल्लेख गरेका छन् ।

देशभर दर्जनौं सहकारीले बचतकर्ताको रकम समयमै फिर्ता गर्न नसकेकाे अवस्थामा यसरी सहकारीमा देखिएको विकृति न्यूनीकरणका लागि नियमनकारी निकाय कठोर बन्नुपर्ने उनी बताउँछन् । साथै, संस्थालाई राम्रो बनाउन संचालक समितिकाे भुमिका मात्रैले नपुग्ने भएकोले सदस्यहरूकाे पनि संस्थाको सभा, सम्मेलन, बैठकमा अनिवार्य उपस्थित भई संस्थाको गतिविधिमा संलग्न हुने, संस्थालाई सही दिशातर्फ अघि बढाउन सहयोग गर्ने दायित्व रहने अध्यक्ष तामाङले बताए ।

यसैगरी, संस्थाका सचिव धिर्घलाल तामाङले संचालन गरेको कार्यक्रममा कोषाध्यक्ष धुप्चेन लामाले २०७८/७९ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सभामा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै उपाध्यक्ष राेजिना माेक्तानले काठमाडौं उपत्यकामा सहकारीहरू धेरै भएको तर, शेयर सदस्य र सहकारीबिच सहकार्य नहुदा पछिल्लाे समय सहकारीहरूमा समस्या उत्पन्न भएको बताईन् । उनले बजारमा आएकाे सहकारीप्रतिको नकारात्मक टिप्पणी जस्ताे आफ्नो सहकारी नभएको बताईन् ।

यसैगरी, एघारौं साधारणसभाले पुन चार कार्यकालका लागि पुरानै कार्यसमितिलाई निरन्तरता दिएकाे छ । कार्य समितिमा, अध्यक्ष कुमार तामाङ, उपाध्यक्ष राेजिना माेक्तान, सचिव धिर्घलाल लामा, काेषाध्ययक्ष धुप्चेनलामा र सदस्यहरूमा प्रबिता लामा, अमृत कुमार लामा, बल बहादुर तामाङ, जुना याेञ्जन र मिनु लामा रहेका छन् ।

यस्तै, सल्लाहकारका संयाेजक प्रेम बहादुर लामा, सदस्य अभिनय दाेङ रहेका छन् भने लेखा सुपरिवेक्षण उपसमिति संयाेजकमा माेतिलाल लामा रहेका छन् । लेखा सुपरिवेक्षण सदस्यमा साेम बहादुर तामाङ र पद्मा राज लामा रहेका छन् ।

यसैगरी, सभाले ऋण उपसमिति संयाेजकमा पार्वती लामा र सदस्यहरूमा भक्त बहादुर तामाङ र उर्मिला लामालाई चयन गरेकाे छ ।

कार्यक्रममा, थेबा बुक्स एण्ड कफी तथा थेबा ट्राभलकी अनुजा लामा, समाजसेवी, शेयर धनीहरू लगायतकाे उपस्थिति रहेकाे थियाे ।

%d bloggers like this: