दिपवे जापान कम्पनी १९औं वर्ष पार गर्दा १८ वटा शाखा, १६० जनालाई रोजगार
टोकियो । नेपालीले संचालन गरेको दीप वे जापान कम्पनीले ब्यवसायी सुरु गरेको १९ औं वर्ष पुरा गरि २० वर्षमा प्रवेश गरेको छ।
जापानमा सन् २००३ सालमा स्थापना भएको दीपवे जापान कम्पनीले टोकियोको रोप्पंगी स्थित आफ्नै रेस्टुरेण्टमा एक कार्यक्रम गरि कम्पनीको १९औं वार्षिकोत्सव मनाएको छ ।
स्थापनाको २० औं वर्षको अवसर पारेर दिपवे जापानले आफ्ना रेष्टुरेन्टका ग्राहकलाई लक्षित गरि ३ महिनासम्मको निम्ति १९ प्रतिशत छुट अफर योजना सार्वजनिक गरेको छ।
कार्यक्रममा कम्पनीमा काम सुरुवात गरेर पाँच वर्ष पार गरेका १५ जना भन्दा बढ़ी कर्मचारीलाई प्रमाण पत्र र खादा लगाएर सम्मान गरिएको छ।
दीपवे कम्पनीका प्रमुख दिपक सुबेदीले वार्षिकोत्सवको अवसरमा सम्पूर्ण ग्राहक वर्ग, कर्मचारी र शुभेच्छुकलाई धन्यवाद प्रकट गर्नुभएको छ।
आफु सन् १९९९ मा कुक पेशाको रुपमा जापान प्रवेश गरेको भएपनि निरन्तरको लगन र मेहनतले व्यवसायी स्थापना गरि सफलता प्राप्त गर्न सफल भएको सुवेदीले बताउनुभयो।
कम्पनीले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम महरु पनि गर्दै आएको छ। दिपवे फाउण्डेशन मार्फत विभिन्न आपतकालिन घटनाहरु, नेपालमा आइपर्ने विभिन्न प्रकोप तथा जापानमा नेपालीहरु समस्यामा पर्दा आर्थिक सहयोग गर्दै आइरहेको छ।
जापानभरी यस कम्पनीका १८ वटा शाखाहरु संचालित छन् भने ५०० भन्दा बढी रेष्टुरेण्टमा आवश्यक खाध्य तथा अत्यावश्यक सामाग्री विक्रिवितरण गर्दै आइरहेको छ।
जापानमा नेपालीले संचालित व्यवसाय हरुमध्ये दिपवे जापान कम्पनी स्वच्छ र निरन्तर संचालन भएको ठुलो कम्पनी मध्येमा पर्दछ ।
दीपवे कम्पनीमा जापानी, नेपाली, ईडियन, थाई, बंगलादेश, कोरीयन गरी १६० जनाले प्रत्यक्ष रोजगार पाएका छन।