सार्वजनिक सुरक्षा अमनचयन कायम गर्न र संगठको उद्देश्य प्राप्तिका लागि विषम् परिस्थितिमा पनि संयमित भई कार्य गर्ने व्यावसायिक र बहादुर प्रहरी कर्मचारीको संगठनमा सधैँ खाँचो रहेकाले त्यहीअनुसार काम गर्न प्रहरी अधिकृतहरूलाई उनले आग्रह गरे ।
सिंहले प्रहरी कर्मचारीमा व्यावसायिकता ल्याउन उनीहरूको मनोबल सदैव उच्च रहनुपर्ने भएकाले आफू मातहत कर्मचारीको अवस्था, समस्या, गुनासोको उचित सम्बोधन गर्न प्रहरी कार्यालयका प्रमुखहरूको दायित्व रहने उल्लेख गरे। प्रहरीले औचित्य पुष्टि हुने गरी कर्तव्य पालनाको क्रममा निष्ठापूर्वक गरेका काम–कारवाहीप्रति संगठनको सदैव साथ र सहयोग रहने उनले बताए ।
बैठकको सुरुमा काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा सात वटै प्रदेश एवं मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले आ–आफ्नो कार्यालयबाट भएका काम कारबाही तथा सम्बन्धित क्षेत्रको भौगोलिक अवस्था, अपराध एवं अनुसन्धानको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेका थिए।

