बिहिबार, बैशाख ०६, २०८१

श्रमिक जनउत्थानको साधारणसभामा निशुल्क दन्त शिविर सन्चालन

काभ्रे । श्रमिक जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि.को १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष राजन अधिकारीको सभापतित्वमा शनिबार सम्पन्न सभाले चालु आर्थिक वर्ष २०७८/७९ को आम्दानी र खर्चका साथै आगामी आ.व २०७९/ ८० को नीति तथा कार्यक्रमहरु पास गरेको थियो ।

काभ्रे जिल्ला सहकारी संघको अध्यक्ष दिलिप शार्माको प्रमुख अतिथित्यतामा सम्पन्न साधारणसभामा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुतसगै नीति, कार्यविधि परिमार्जन एवं पारित, संस्था एकीकरण तथा सेवा केन्द्र विस्तार लगायतका निर्णयहरु समेत भएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले पछिल्लो समयमा सहकारी संघसंस्थाहरूले मुलुकमा आर्थिक समृद्धिका लागि ठुलो टेवा पुर्‍याएको बताए ।

२ हजार ५० भन्दा बढी सदस्य आवद्ध रहेको संस्थामा आर्थिक वर्ष ०७८/०७९ मा संस्थाको शेयर पुँजी १ करोड ५ लाख ४८ हजार ९ सय पुगेको अध्यक्ष अधिकारीले जानकारी दिए । यसैगरी, सहकारीको साधारणसभाको अवसरमा निशुल्क दन्त शिविर समेत सन्चालन गरिएको थिए । दन्त शिविर श्रमिक जनउत्थान साकोसको समन्वय र बनेपा डेण्टल कियर प्रा.लि.को सहयोगमा सन्चलान भएको हो ।

डेण्टल कियरका म्यानेजिङ डाइरेक्टर विजय बोगटीले एक सय जना भन्दा बढिको दन्त चेकजाँच भएको बताए । त्यस्तै दन्त शिविरमा डेण्टल कियरका डा. सिम्रन खतिवडा र हाइजेनिष्ट सुजन न्यौपाने असिस्टेन्ट अमृता पुलामी लगायत खटिएका थिए । यस्तै, सहकारीमा आवद्ध सदस्यहरुले आफुले उत्पादन गरेको काउली अतिथिहरुलाई मायाको चिनो स्वरुप हस्तान्तरण गरेका थिए।