बिहिबार, चैत १५, २०८०

मन्थलीको मेयरमा माओवादीवाट पूर्वसभासद श्रेष्ठलाई उम्मेदवार घोषणा

रामेछाप,९ बैशाख । नेकपा माओवादी केन्द्रले रामेछापको मन्थली नगरपालिकाको मेयरमा पूर्वसभासद तारानारायण श्रेष्ठलाई उम्मेदवार घोषणा गरेको छ ।
शनिबार मन्थलीमा एक कार्यक्रम आयोजना गरी माओवादीले आफ्ना टिम सार्वजनिक गरेको हो ।

१४ वटा वडा रहेको मन्थली नगरपालिका प्रमुख, उपप्रमुख र १० वटा वडाका उम्मेदवार तोकिएको छ ४ वटा वडामा भने प्राविधिक काम बाँकी रहेको भन्दै उम्मेदवार घोषणा गरिएको छैन ।

माओवादीले पूर्वसभासद तारानारायण श्रेष्ठलाई मेयर र रितादेवी घिमिरेलाई उपमेयरको उम्मेदवार बनाएको छ । वडाप्रमुखहरुमा वडा नं १, २, ३, ४ र ५ बाट क्रमशः नारायणदास श्रेष्ठ, कुम्भराज तामाङ, रमेशबहादुर वरुवाल, विरेन्द्र बज्राचार्य र रामबहादुर कार्की रहेका छन् ।
त्यस्तै वडा नं ७ बाट श्रीबहादुर माझी, ९ बाट दीलिपराज गिरी, १० बाट भरतबहादुर बोहोरा, ११ बाट भिमबहादुर मगर र १३ बाट केदार श्रेष्ठ रहेका छन् । वडा नं ६, ८, १२ र १४ को वडाध्यक्षको उम्मेदवार घोषणा गर्न बाँकी छ ।

कार्यक्रममा माओवादी केन्द्रका सांसद श्यामकुमार श्रेष्ठले बैशाख ३१ गते कुनै पनि हालतमा चुनाव हुने भन्दै चुनावमा होमिन कार्यकर्तालाई निर्देशन दिए ।

कार्यक्रममा मेयरका प्रमुखका उम्मेदवार तारानारायण श्रेष्ठले मन्थली नगरको विकासका लागि आफ्ना योजना प्रस्तुत गरे ।tara narayan