फिफा विश्वकप-२०२२ को पहिलो खेलमै चारपटकको च्याम्पियन जर्मनी पराजीत भएको छ । बुधबार बेलुकी भएको खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै जापानले जर्मनीलाई २-१ गोलले पराजीत गरेको हो ।
खालिफा अन्तराष्ट्रिय स्टेडियममा भएको खेलमा जापानलाई जीत दिलाउन रित्सु डोएन र ताकुमा एसानोले समान एक-एक गोल गरे । जर्मनीको लागि इल्काइ गुन्डोगानले एक गोल गरे । पहिलो हाफमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै जापानले जीत निकालेको हो । ३३ औं मिनेटमा गुन्डोगानले पेनाल्टीमा गोल गर्दै जर्मनीलाई शुरुवाती अग्रता दिलाएका थिए ।
इन्जुरी समयमा काइ हाभेर्ट्जले गरेको गोल भिएरआरले अफसाइड दिएपछि जर्मनीले अग्रता दोब्बर बनाउने मौका गुमाएको थियो । ७५ औं मिनेटमा डोएनले गोल गर्दै जापानलाई १-१ गोलको बराबरीमा ल्याए । ८३ औं मिनेटमा इटाकुराको एसानोले गोल गर्दै जापानलाई २-१ गोलको अग्रता दिलाए । बाँकी समयममा दुवै टोलीबाट थप गोल हुन नसक्दा जापान २-१ गोलले विजयी भएको हो ।
जीतसँगै जापानले ३ अंक जोडेको छ ।

