बुधबार, माघ १८, २०७९

क्यालिब्रेसन फ्लाइटका लागि एरो थाईको जहाज पोखरामा

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन अघि क्यालिब्रेसन (यान्त्रिक परीक्षण) सोमबारदेखि हुने भएको छ ।

क्यालिब्रेसन उडानका लागि थाई कम्पनीको जहाज पोखरामा शनिबार आएको छ । मंसिर ५ गते देखि १२ गतेसम्म क्यालिब्रेसन फ्लाइटका लागि तयारी पुरा भइसकेको पोखरा विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिए ।

उनले क्यालिब्रेसन उडानका लागि पोखरा २६ मा रहेको रिठेपानी डाडाँ समेत कटान भइसकेको बताए ।

सोमबारदेखि क्यालिब्रेसन फ्लाइट हुन लागेको हो । हरेक दिन बिहान १० बजे देखि १ बजेसम्म र साढे दुई बजेदेखि साढे पाँच बजेसम्म क्यालिब्रेसन प्लाइट हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन कार्यादलका सदस्य सचिव अनुप जोशीले जानकारी दिए ।

क्यालिब्रेसन प्लाइटका लागि आवश्यक इक्युपमेण्ट चेकजाँचको काम विज्ञले गरीरहेको उनले बताए । क्यालिब्रेसन प्लाइटको समयमा नियमीत उडान प्रभावित हुने छ ।

परीक्षण उडान अघि विमानस्थल प्राविधिक लगायत हरेक पक्षमा तयार रहे नरहेको परीक्षण गर्न क्यालिब्रेसन फ्लाइट हुन लागेको हो ।

क्यालिब्रेसन फ्लाइट सकिएपछि एरोथाई कम्पनीले दिने प्रतिवेदनका आधारमा विमानस्थलमा वायुसेवा कम्पनीहरुले उडान र अवतरण गर्न सक्ने छन् ।

%d bloggers like this: