बिहिबार, बैशाख ०६, २०८१

युएईसँगको तीन एकदिसीय श्रृंखलाको उपाधि नेपाललाई

काठमाडौं । यूएईलाई हराउँदै नेपालले एकदिवसीय शृङ्खला जितेको छ । शुक्रबार भएको तेस्रो तथा अन्तिम खेलमा यूएईलाई छ विकेटले हराउँदै नेपालले शृङ्खला जितेको हो । यूएईले दिएको एक सय ७७ रनको लक्ष्य नेपालले ४० ओभर १ बलमा चार विकेट गुमाएर भेटायो । नेपालका लागि आसिफ शेखले नटआउट ८८ रन र ज्ञानेन्द्र मल्लले ६४ रन बनाए ।

बलिङतर्फ यूएईका हजरत बिलाल र आयान अफजल खानले एक/एक विकेट लिए । यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर एक सय ७६ रन बनायो । यूएईका लागि आयान अफजल खानले नटआउट ५४ रन र अलिशान शराफुले ३३ रन बनाए ।

बलिङतर्फ नेपालका गुलशन झा, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले दुई÷दुई विकेट लिए । नेपाल पहिलो खेलमा ८४ रनमा पराजित हुँदा दोस्रो खेलमा पुनरागमन गर्दै नेपालले यूएईलाई तीन विकेटले हराएको थियो । यो जितसँगै नेपालले शृङ्खला दुई–एकले आफ्नो पक्षमा पारेको हो । योसँगै नेपालले घरेलु मैदानमा पहिलो पटक शृङ्खला जितेको हो । गएको चैतमा पपुवा न्युगिनी (पीएनजी) सँगको दुई खेलको एकदिवसीय शृङ्खलामा नेपाल पराजित भएको थियो ।