शनिबार, बैशाख ०८, २०८१

विश्वकप फुटबल हेर्न अतिरिक्त शुल्क तिर्नुपर्ने

काठमाडौं । विश्वकप फुटबल हेर्नका लागि शुल्क लिन नपाइने माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि दिइएको अन्तरिम आदेश खारेज भएको छ ।

सर्वोच्चले बुधबार उक्त आदेश खारेज गरेको हो । अन्तरिम आदेश खारेज भएसँगै विश्वकप हेर्नलाई शुल्क तिर्नुपर्ने भएको छ । न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र मनोज शर्माको इजलासमा बुधबार यस्तो आदेश जारी गरेको हो ।

खेल हेरेबापत अतिरिक्त शुल्क तिर्नुपर्ने व्यवस्था र त्यसविरुद्ध परेको रिट निवेदनमा सर्वोच्चबाट अल्पकालीन अन्तरिम आदेश जारी भएपछि नेपालमा विश्वकप फुटबलको प्रत्यक्ष प्रशारण हेर्न पाउने विषयमा अन्योल भएको थियो ।

नेपालमा विश्वकप फुटबल टेलिभिजन प्रसारणको अधिकार लिएको मिडिया हबले टेलिभिजन ग्राहकसँग थप ५ सय रुपैयाँ लिने प्रक्रिया अगाडि बढाएपछि अधिवक्ता किशोर पौडेल र अनुपम भट्टराईले रिट दायर गरेका थिए।

मिडिया हबले फिफा विश्वकप २०२२ को नेपालमा प्रसारण गर्ने प्रयोजनार्थ आवश्यक प्रसारण अधिकार लिएको छ।