शुक्रबार, बैशाख ०७, २०८१

मधेसका पाँच दलबीच पार्टी एकीकरणको तयारी

काठमाडौं,७ वैशाख । संसदबाट थ्रेस होल्ड पारित भएपछी साना राजनीतिक पार्टीबीच एकता हुने क्रम बढ़ेको छ । सोही प्रभाव मधेसी मोर्चामा आवद्ध पाँच दलबीच एकता हुने भएको नेताहरुले बताएका छन् । सम्भवतः आजै औपचारिक घोषणा हुनेछ ।

बुधबार राति अबेरसम्म भएको वार्तामा पार्टीको नाम र नेतृत्वबारे लगभग सहमति भएको नेताहरूले बताएका छन् ।

स्रोतका अनुसार तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्टिय मधेस समाजवादी पार्टी, तराई मधेस सद्भावना पार्टी र फोरम गणतान्त्रिकबीच एकता हुनेछ ।

मोर्चामा रहेका दुइ दल नेपाल सद्भावना पार्टी र संघीय समाजवादी फोरम भने यो एकता प्रक्रियामा सहभागी भएका छैनन् ।
फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले पार्टी एकतामा सहमति भएको स्वीकार गरे ।

अहिलेसम्म पार्टीको नाम राष्टिय जनता पार्टीमा लगभग सहमति भएको छ । यो भएमा मधेसी मोर्चामा आवद्ध पाँच दलको नयाँ पार्टीको नामबाट मधेस शब्द हट्नेछ ।

यस्तै नेतृत्व प्रणालीमा अध्यक्ष मण्डलमा लगभग सहमति जुटेको नेताहरुले बताएका छन् ।

राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले पार्टी एकतामा धेरै विषय टुंगिएको बताए । उनले भने, अहिले विहान छलफल गरेर सबै फाइन गर्ने बताएका छन ।