शुक्रबार, बैशाख ०७, २०८१

अव हुने स्थानीय सरकारको चुनाव त्यसैले महत्वपूर्ण : प्रचण्ड

काठमाडौं,५ वैशाख । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी स्थायी समिति सदस्यहरुलाई स्थानीय चुनाव लड्न प्रस्ताव गरेका छन् ।

मंगलबार पार्टीको प्रदेश नम्बर ३ को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले स्थानीय सरकारको चुनाव भएकाले यसलाई कम नआँक्न नेताहरुलाई आग्रह गरे । स्थानीय तहको चुनाव २० वर्षपछि हुन लागेको होइन, स्थानीय सरकारको पहिलो चुनाव हो’ उनले भने, वडा अध्यक्ष जित्ने हो भने पोलिटब्यूरो सदस्यहरु गए हुन्छ । स्थानीय समितिका सदस्यहरु पनि गाउँपालिका प्रमुख जित्दा केही फरक पर्दैन ।’

स्थानीय सरकारको महत्व दर्साउने क्रममा उनले काठमाडौंको मेयरमा आफैं चुनाव लडौं जस्तो लागेको सुनाए ।