काठमाडौं,५ बैशाख । एमालेले मुलुकमा आफ्नो नेतृत्व स्थापित भए नेपालमा चीन र भारत दुवै छिमेकीलाई उछिन्ने गरी विकास हुने दाबी गरेको छ ।
स्थानीय तहख निकाय निर्वाचनको घोषणापत्रमा सञ्चारकर्मीको सुझाव संकलनका लागि आइतबार पार्टी मुख्यालय बल्खुमा आयोजित कार्यक्रममा कार्यबाहक अध्यक्ष बामदेव गौतमले आगामी १५ वर्षमा नेपालले चीन र भारतलाई उछिन्ने योजना आफूहरुसँग रहेको दाबी गरे । उनले चीन र भारतलाई उछिन्न गर्नुपर्ने कामको योजना एमालेले बनाइसकेको बताए ।
‘आगामी १५ वर्षमा नेपालले हाम्रा दुवै छिमेकी चीन र भारतलाई उछिन्ने गरी विकास गर्न सक्छ’, गौतमले भने, ‘त्यसको योजना एमालेले बनाइसकेको छ ।’ गौतमले एमालेको नेतृत्वबिना मुलुकमा विकास नहुने भन्दै संविधान कार्यान्वयनका लागि पनि आफूहरुको नेतृत्व जरुरी रहेको बताए ।
गौतमले एमालेले सरकारको नेतृत्व पाए पाँच वर्षमा नेपालीको प्रतिव्यक्ति आए पाँच हजार अमेरिकी डलर बनाइदिने जिकिर गरे ।
उनले एमालेले चुनावी घोषणापत्रमा आगामी तीन वर्षमा मुलुकबाट गरिबी उन्मुलन गर्ने, तीन वर्षमै हरेक घरमा एक व्यक्तिलाई रोजगारी दिने, तथा
५ वर्षभित्र १८ वर्ष उमेर पुगेका सबै नागरिकलाई रोजगारी दिने उल्लेख छ ।