सोमबार, भदौ ३१, २०८१

सरकार छाडेर आन्दोलनमा जाने कमल थापाको धम्की

काठमाडौं,५ बैशाख । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो पार्टीको विधानबाट ‘हिन्दुराष्ट्र र राजसंस्था’ हटाउने निर्वाचन आयोगको निर्णयविरुद्ध आन्दोलन चर्काउने भएको छ ।

राप्रपाका नेताहरुले आयोगको निर्णय नसच्चिए सरकारबाट बाहिरिने र चुनावमा भाग नलिने अवस्था समेत आउन सक्ने धम्की दिएका छन् ।

दलीय चुनाव चिन्ह माग गर्दै नयाँ शक्ति पार्टीसहितका ६८ दल आन्दोलनमै छन् । उनीहरुले दलीय चुनाव चिन्ह नपाए चुनाव नै हुन नदिने बताएको छ ।

यसैवीच पार्टीको चुनावी अभियानमा काठमाडौं बाहिर रहेका उपप्रधानमन्त्री एवं स्थानीय विकासमन्त्री कमल थापाले ट्वीट गर्दै भनेका छन्- ‘बिधानबाट पार्टीको आदर्श र मुल सिद्धान्तलाई हटाउने निर्णयवारे निर्वाचन आयोगले पुनर्विचार नगर्ने हो भने राप्रपा कठोर निर्णय गर्न बाध्य हुनेछ ।