शनिबार, बैशाख ०८, २०८१

राष्ट्रपतिलाई विमानस्थलमै अपमान गरेपछि सर्वत्र विरोध

काठमाडौं, ४ वैशाख । भारत भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारत सरकारले विमानस्थलमै अपमान गरेपछि सर्वत्र विरोध  सर्वत्र विरोध भएको छ ।

सोमबार दिउँसो नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुभएका राष्ट्रपति भण्डारीलाई महिला तथा बालविकास राज्यमन्त्री (जो भारतको सबैभन्दा कनिष्ट मन्त्री हो) कृष्ण राजबाट स्वागत गराएर भारत सरकारले अपमान गरेको भन्दै सर्वत्र आलोचना भएपछि राष्ट्रपति कार्यालयमा आकस्मिक रुपमा उच्चस्तरीय बैठक बसेको स्रोतले बताएको छ ।

बैठकमा राष्ट्रपतिको भ्रमण छोट्याएर बुधबार (पर्सी) नै स्वदेश फर्काउने प्रस्तावमा छलफल भइरहेको छ । ‘दिल्लीमा प्रधानमन्त्री र राष्ट्रपति लगायतका शीर्ष नेतासँग उच्चस्तरीय भेटवार्ता गरेर राष्ट्रपतिलाई फर्काउने विषयमा छलफल भइरहेको छ । यत्रो अपमान हामी अब सहँदैनौं,’ स्रोतले भन्यो ।

राष्ट्रपति भण्डारी भारतीय समकक्षी प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा पाँचदिने राजकीय भ्रमणका क्रममा सोमबार मात्रै नयाँदिल्ली प्रस्थान गर्नुभएको थियो ।

भारतका राष्ट्रपति नेपाल भ्रमणमा आउँदा सार्वजनिक विदा दिएर राष्ट्रपतिले नै विमानस्थल पुगेर स्वागत गरी ठूलो सम्मान दिएपनि भारतले भने स्वागतमा सबैभन्दा कनिष्ट मन्त्री पठाएर अपमान गरेको भन्दै सामाजिक सञ्जालमा प्रचण्ड सरकार र भारतको कडा आलोचना भइरहेको छ ।

यसअघि भारतसँग कुरा नमिल्दा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको भ्रमण रद्द गरिदिएका थिए ।