काठमाडौं। प्रथम बागमती प्रदेश स्तरिय कराँते च्याम्पियनसिप २०७९ मा स्वर्ण पदक नुवाकोटकी राेस्नी तामाङले हात पारेकी छिन् ।
सामरी कल्लाबारी डाेजाे र म्यागङ गाउँपालिकाकाे आयाेजनामा गत बुधबार र बिहिबार सम्पन्न च्याम्पियनसिपमा अन्य जिल्लाका खेलाडीहरुलाई पछि पार्दै उनले पदक हात पारेकि हुन् । उनले आयाेजक टिमकाे तर्फबाट प्रतिनिधित्व गरेकि थिईन् ।
सामरी कल्लाबारी डाेजाेबाट आफ्नाे कराँते जीवन सुरु गरेकी तामाङले ६० किलो ताैल समुहमा प्रतिस्पर्धा गरेर पदक विजेता बनेकी हुन् । आफ्नाे खेलाडीले छाेटाे समयमानै राम्रो मेहनतका साथ स्वर्ण पदक विजेता बनेकाेमा प्रशिक्षक गणेश तामाङले खुशी व्यक्त गरेका छन् ।

