काठमाडौं,२ वैशाख । चुनावमा होमीएको नेकपा एमालेले अबको एक साता भित्र स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने जनाएको छ ।
पार्टी सचिव एवंम प्रचार विभाग प्रमुख योगेश भट्टराईले चुनावी घोषणा पत्र बैशाख पहिलो साता भित्र सार्वजनिक गरिने जानकारी दिएका हुन् ।
घोषणा पत्र तयारीका लागि सुझाव संकलनको कामलाई तीव्रता दिइएको भट्टराइले बताए । भट्टराईले एमाले सम्पूर्ण रुपमा निर्वाचनमा होमिएको पनि उल्लेख गरेका छन् ।
एमालेले घोषणा पत्र निर्माणका लागि पार्टीका कार्यबहाक अध्यक्ष बामदेव गौतम नेतृत्वको घोषणा पत्र मस्यौदा समिति नै बनाएर तयारीको कामलाई तीव्रता दिएको छ ।
एमालेले बैशाख १२ गते भित्र देशभरका सबै स्थानीय तहको उम्मेदवार घोषणा गर्ने जनाई सकेको छ ।
सचिव भट्टराईले धेरैजसो स्थानीय तहको उम्मेदवार निर्विरोध चयन गरिएको पनि जानकारी दिए र उनले बैशाख १२ गते भित्र देशभरका सबै स्थानीय तहको उम्मेदवार तय गरिसक्ने पार्टीको यसअघि नै निर्णय गरिसकेको जानकारी दिए ।
एमालेले उम्मेदवार चयनका लागि आवश्यक मादपण्ड र कार्यविधि नै तयार गरेको छ । लोकपि्रय, इमान्दार, योग्य व्यक्तिलाई उम्मेदवारी दिने मापदण्ड भित्रै रहेर उम्मेदवार चयनको काम भइरहेको पनि उउनले जानकारी दिए ।
एमालेले स्थानीय तहको निर्वाचनको महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार चयन गर्ने जिम्मेवारी केन्द्रीय कमिटीलाई दिएको छ ।
एमालेले निर्वाचनलाई प्रभावकारी ढंगले संचालन गर्नका लागि पार्टीका महासचिव इश्वर पोखरेल नेतृत्वको अनुगमन टोली पनि बनाएको छ ।