धादिङ । धादिङ जिल्लाको खनियाबास गा.पा.वडा नम्बर ३ को डाफे स्वास्थ्य आमा समूहद्वारा आयोजित पहिलो आमा समुह फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।
विजयदशमीको पावन अवसरमा आयोजित प्रतियोगिता मा ६ वटा आमा समुहबाट १० टिम सहभागी थिए । प्रतियोगितामा म्हेन्दोफोले आमा समुह प्रथम , प्रगतिशील आमा समुह A दितिय , प्रसम्शा आमा समुह B र प्रगतिशील आमा समुह B तृतिय भएका छन् ।
असोज १६ गते देखि सुरु भएको प्रतियोगिता असोज १८ सम्पन्न भएको थियोे । यसैगरी, प्रथम हुनेलाई १० हजा, दितियलाई ७ हजार, तृतियलाई ४ हजार र सहभागी अन्य टिमलाई प्रोत्साहन स्वरुप एक हजार पुरस्कार र प्रमाण पत्र प्रदान गरिएकाे छ ।
आन्तरिक पर्यटन प्रवर्द्दन गर्ने उद्देश्यले आयोजित प्रतियोगिता निकै नै आकर्षक भएको थियो ।
खनियाबास गा.पा उपाध्यक्ष सेक्केमान तामाङको प्रमुख आतिथ्यता तथा वडा नम्बर ३ का वडा अध्यक्ष कमानसिङ तामाङको विशेष आतिथ्यतामा सम्पन्न प्रतियोगितामा छिमेकी गाउँहरुबाट समेत दर्शहरुको उल्लेख्य उपस्थिति रहेकाे थियो ।

