काठमाडौं,३१ चैत । सरकारले आसन्न स्थानीय तहको निर्वाचनको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन नेपाली सेनालाई पनि परिचालन गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको पछिल्लो बैठकले निर्वाचन सुरक्षाका लागि सेना परिचालन गर्नुपर्ने स्थिति रहेको निष्कर्ष निकालेको एक मन्त्रीले अनलाइनखबरलाई बताएका हुन् । निर्वाचनमा सेना परिचालन गर्न सुरक्षा परिषदले सिफारिस गरेको थियो र, रक्षा मन्त्रालयमार्फत आएको यो प्रस्ताव मन्त्रिपरिषदले स्वीकृत गरेको छ ।
सरकारले बैशाख ३१ गते स्थानीय तहको चुनाव गर्दैछ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चुनाव बहिस्कारको घोषणा गरेको छ भने मधेसी मोर्चाले पनि संविधान संशोधन नभए चुनाव बहिस्कार गर्ने बताइरहेको छ ।
यसलाई मध्यनजर गर्दै सरकारले स्थानीय चुनावमा सेना परिचालनको निर्णय गरेको छ ।