सोमबार, चैत ०३, २०८१

सितलापुरमा आगलागी हुदाँ ६ दर्जन घरहरु नष्ट,लाखौंको क्षति

कपिलबस्तु,३० चैत । कपिलवस्तुकोे शिवराज नगरपालिका-११ सितलापुरमा आगलागी भएको छ ।

मन्नु पासिको घरबाट बुधबार सुरु भएको आगाेले अहिलेसम्म ५७ घर नष्ट भएको त्यहाँबाट सनिउल्ला धोबीले जानकारी दिएकाछन् । बिहान ११ बजेदेखि आगलागि सुरु भएको थियो ।

आगलागी भएको स्थानमा कृष्णनगर नगरपालिकाको दमकल पुगेको छ । आगो अझै पूर्ण रूपमा नियन्त्रणमा आइनसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।

लाखौंको क्षति भएको छ भने क्षतिको एकिन विवरण आईपुगेको छैन ।