बिहिबार, फागुन ०१, २०८१

मोहन घलेलाई अध्यक्षमा निर्वाचित गर्दै पत्रकार महासंघ जापानको तेस्रो अधिवेशन सम्पन्न

टोकियो,२८ चैत । नेपाल पत्रकार महासंघ शाखा जापानको तेस्रो अधिवेशनको बन्द शत्रल् मोहन घलेलाई अध्यक्षमा निर्वाचित गरेको छ ।
आज सोमवार टोकियोमा भएको तेस्रो अधिवेशन महासंघका केन्द्रीय अध्यक्ष कार्यक्रमका प्रमुख अतिथि डा महेन्द्र बिष्टले उदघाटन गर्नु भएको थियो ।
नयाँ कार्यसमितिको अध्यक्षका लागि निर्वतमान उपाध्यक्ष बेलुकाजी थापा र सदस्य मोहन घलेको उम्मेदवारी मध्ये घलेले २५ मत र थापाले १७ मत खसेको थियो । पत्रकार महासंघ जापानमा ४६ पत्रकार मध्ये ४२ मत खसेको थियो ।
अधिवेशनले दुईवर्षे कार्यकालका लागि १३ सदस्यीय नयाँ कार्य समिति निर्वाचन गरेको छ ।
अध्यक्षमा मोहन सिंह घलेसहित घलेको बहुमत टिम उपाध्यक्षद्धय पुर्ण चलाउने,बिनोद सापकोटा,सचिव ऋतुकुमार दुरा,सह-सचिव कुमार मोक्तान,कोषाध्यक्ष राजबिन थापा,सदस्यहरु मुक्ति सूबेदी,रमेश श्रीस मगर,निशान मगर,आनन्द कोईराला,शान्तकुमार पहरी,संगिता कुँवर,रबिन्द्र श्रेष्ठ निर्वाचित भएके निर्वाचन मण्डलका अध्यक्ष भुषण घिमिरेले जानकारी दिनुभयो ।mohan2fnj1sppppIMG_9261IMG_9262fnj 6