चसिला तामाङ, टोकियो,२८ चैत । नेपाल आदिबासी जनजाति महसंघ जापानको आयोजनामा भाबि नीति र चुनौती बिषयक एक दिने अन्तरक्रिया कार्यक्रम आईतबार टोक्योको शिनओबुको स्थित नमस्ते गीत गजल रेस्टुरेन्टमा सम्पन्न भएको छ ।
बिहान ११:०० बजे देखि साँझ ५:३० बजे सम्म सम्पन सो कार्यक्रममा जातीय संघ संस्थाको प्रतिनिधिहरू बाक्लो बकलो उपस्थित रहेको थियो। अन्तरक्रिया कार्यक्रममा तमु तमु धी जापानको अध्यक्ष श्री गुरुङ,उपाध्यक्ष अनिता गुरुङ र महासचिब अमर गुरुङ तामाङ समाज जापानको अध्यक्ष कर्म वाङगेल लामा, उपध्याक्ष अस्मिता वाईबा र कोषाध्यक्ष तारा तामाङ शेर्पा संघ जापानको तर्फबाट अध्यक्ष लक्पा गेलु गेलू शेर्पा र दावा शेर्पा किरात याक्थुङ चुम्लुङ जापानको तर्फबाट थर्कदीप लिम्बू र भेषराज चेम्जोङ किरात राई ययोख्याको राजकुमार राई तानाका मासाको (जपानिज नागरिक) प्रोफेसर सोफिया युनिभर्सीटी जापान ) मान बहादुर गुरुङ (पुर्ब अध्यक्ष आदिबासी जनजाती महासँग कास्की) प्रमुख अतिथि धुर्ब भट्टचन (पुर्ब अध्यक्ष आदिबासी जनजाती महासँग जापान) बिशेष अतिथि र रेख ब्लोन अतिथि रहेको थियो भने नेफ़िन जापानको जपनको महासचिब हर्क गुरूङले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।
आ-आफ्नो बिचार राखेका थिए भने कार्यक्रम संयोजक सुकमान थिङ र बरिस्ठ उपाध्यक्ष हवल चन्द्र लामाले सवाल जवाफ प्रस्तुत गर्नु भएको थियो ।