बिहिबार, बैशाख १३, २०८१

पत्रकार महासंघ जापानको तेस्रो अधिवेशन केन्द्रीय अध्यक्ष डा.विष्टद्धारा उद्घाटन ,आज निर्वाचन हुने

टोकियो,२८ चैत । नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघ शाखा जापानको तेस्रो अधिवेशन आज हुने भएको छ ।
आज अप्रिल १० तारिख टोकियोमा हुने तेस्रो अधिवेशन महासंघका केन्द्रीय अध्यक्ष डा महेन्द्र बिष्टको प्रमुख आतिथ्यतामा हुने भएको हो ।
महासंघको जापान शाखाको तेस्रो अधिवेशनसंगै अध्यक्षमा तिन जनाको प्रतिष्पर्धा हुने देखिएको छ । नयाँ नेतृत्वको लागि वेलु थापा,मोहन घले र कविकिरण न्यौपानेको अध्यक्षमा उम्मेदारी परेको थियो ।
नयाँ नेतृत्वसहितको लागि बिधि र विधानमा रहि सर्बसम्मत र स्वीकार्य ढंगले सम्पन्न गर्न निर्बाचन समितिले अन्तिमसम्म प्रयास गरे पनि असफल भएपछि निर्वाचन हुने भएको छ ।
पत्रकार महासंघको बिधान, शाखाको आचारसंहिता र निर्वाचन समितिले तयार गरेको निर्वाचन कार्यविधि बमोजिम गठन प्रक्रिया अगाडि बढाईने सो समितिले जनाएको छ ।
उक्त अधिबेशन टोकियोको शिनओकुबोस्थित आर्ट कोर्ट सभाहलमा हुने जनाएको छ ।

पत्रकार महासंघ जापान शाखाको नयाँ नेतृत्वको लागि थापा, घले र न्यौपानेको अध्यक्षमा आआफुले जित्ने दावि गरिरहेता पनि ३ दर्जन पत्रकार भएको जापानमा अंक गणित गर्न रातरात लागि परेका छन् ।
अन्तिम समयसम्म् सहमति नभपछि चुनाव हुने अध्यक्ष् का प्रत्यासी वेलु थापाले बताए ।
घले भने पत्रकार महासंघ जापानलाई अगडी बढाउने आफ्नो योजना र प्रष्ट विचार भएकाले आफनो पक्षमा मत आउने अर्कलमा छन् । अर्का अध्यक्ष प्रत्यासी न्यौपाने भने आफु नागोया र चितवनको भोटले हात पार्ने रणनितिमा छन् ।
राजनितिक हिसावले थापा माओवादी केन्द्र प्रेस सेन्टर समर्थित हुन भने घले र न्यौपाने एमाले प्रेस चौतारी समर्थित हुन । तिनै जनाको आ आफ्नो कुरा राखेका थिए । आईतवार सहमतिको लागि घले र न्यौपानेले एक् अर्कालाई स्वीकारे पनि थापाले सो प्रस्ताव अस्वीकार गरेपछि सहमति हुन नसकेको घलेले बताए । घले र न्यौपाने भने एक अर्कामा सहमति गरेर अध्यक्ष प्रत्यासी हुने बताएको छ । भने अन्य पदको लागि पनि निर्वाचन हुने जनाएको छ ।