काठमाडौं । बोलोचौक बहुउदेश्यीय सहकारी संस्था लिमिटेड संचालनमा आएको छ । जनसमुदायमा बचत गर्ने बानीको विकास गर्दै शैक्षिक जनशक्तीको उच्चतम सदुपयोग गरी दक्ष जनशक्तीलाई रोजगार सिर्जना गर्ने, उद्योग कल कारखाना सञ्चालन गर्ने मुख्य उद्देश्य सहित सहकारी संचालन भएको हो ।
झापास्थित शिवसताक्षी ४ बोलोचौकमा अवस्थित उक्त सहकारीमा डाक्टर धर्मेन्द्र कुमार शाहको अध्यक्षतामा ३० जना संस्थापक शेयरधनी रहेको छ । सहकारीमा अध्यक्ष डा.धर्मेन्द्र कुमार शाह, उपाध्यक्ष पवित्रा ताजपुरीया, सचिव ममता राजवंशी, सह– सचिव अनिता दुलाल, कोषाध्यक्ष प्रभा ताजपुरीया रहेका छन् । यस्तै, सदस्यहरुमा निर्मला ताजपुरीया, पवित्रादेवी ढकाल,कचाली ताजपुरीया, लक्ष्मी ताजपुरीया, सुमनलाल साहु,ओम नाथ प्रसाई, जसवती ताजपुरीया, प्रिस्का ताजपुरीया, चन्द्र प्रसाद ताजपुरीया, चन्द्र प्रसाद ताजपुरीया, निलम ताजपुरीया, सरस्वती ताजपुरीया, चन्द्र कला लमजेल, विजय कुमार ताजपुरीया, मित्र मिस्त्री, प्रेम ठाकुर,कुमार रिजाल, कल्पना ताजपुरीया, राम कुमार ताजपुरीया, सरिता लकान्द्री , निरप बहादुर ताजपुरीया, युव कुमारी ताजपुरीया, जुनु कुमारी ताजपुरीया, अनिता ताजपुरीया र प्रमिला ताजपुरीया रहेका छन् ।
अत्याधुनिक बैंकिङ्ग सेवा संचालन गर्न सदस्यको पहुंच हुने गरी सहकारी संचालन गर्दै नमूना सहकारीका रुपमा बोलोचौक बहुउदेश्यीय सहकारीलाई संचालन गर्ने बताउँदै अध्यक्ष डा.धर्मेन्द्र कुमार शाहले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपबाट सहयोग गर्नूहुने सम्पुर्णमा धन्यवादका साथै शिवसताक्षी नगरपालिकाका सहकारी शाखा प्रमुख बद्री दाहाललाई विशेष धन्यवाद व्यक्त गरेका छन् । सहकारी व्यवसाय सञ्चालनमा संस्थाले जहिले पनि सदस्यको हित विस्तार गर्ने र आवश्यकता पूरा गर्ने सोच राख्नुपर्ने उनको भनाई छ ।
सहकारीका सदस्यहरु लगानीकर्ता र ग्राहक मात्र नभएर आफ्नो व्यवसाय सञ्चालनका क्रममा उनीहरुले सामान्य सेवाग्राही वा अंशियारको भूमिकामा मात्र सीमित भएर नपुग्ने भन्दै अध्यक्ष शाहले महत्वपूर्ण दायित्व समेत पूरा गर्नुपर्ने बताए । नाफा वा व्यवसाय विस्तार मात्र सहकारी सफलताको सूचक नभएको बताउँदै उनले सूचकलाई मात्र आधार मानेर सहकारीको मूल्याङ्कन गर्न नहुने बताए । अबको समय प्रविधिको भएकाले प्रविधिमा आधारित सेवातर्फ सर्वसाधारणको रुचि बढ्दै गएपछि सहकारीको सेवा पनि यसतर्फ आकर्षित हुन थालेको उनी बताउँछन् ।
बोलोचौक बिकास समितिका अध्यक्ष समेत रहेका डा.धर्मेन्द्रकुमार साहले आफ्नो जन्मदीनको अवसर पारी उक्त सहकारी संचालनमा ल्याएका हुन् । जन्मोत्सवको नाममा गरिने फजुल खर्चले सामाजिक कार्यमा हातेमालो गरौं भन्ने उद्देश्यले गत २०७६ कात्तिक २० गते बोलोचोक बिकास समिति नामक सामाजिक संस्था संचालन भएको थियो ।



