काठमाडौं,२७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले एनसेल विक्री प्रकरणमा ३३ अर्ब लाभकर छुट दिने निर्णय नभएको दाबी गरेका छन् ।
संसदको सार्वजनिक लेखा समितिको बैठकमा उपस्थित भएर प्रधानमन्त्रीले एनसेल प्रकरणबारे स्पष्टीकरण दिएका हुन् ।
प्रधानमन्त्री कार्यालयमा एनसेलको अहिलेको कम्पनी आजियाटाले पुरानो कम्पनीबाट उठाइयोस भनेर निवेदन दिएको भन्दै उनले भने, ‘मन्त्रिपरिषदमा मौखिक रुपमा छलफल मात्र भएको हो । लिखित प्रस्ताव पुगेको कुरा गलत हो । उनले क्रेताबाट नभइ बिक्रेताबाट लाभकर उठाउन प्रयास मात्र गरिएको बताए ।
प्रधानमन्त्री प्रचण्डले क्रेता-बिक्रेता दुबैलाई राखेर लाभकर कसले तिर्ने भन्ने बारे छलफल गरी टुंगोमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
साथै लाभ कर चुक्ता नगरी कम्पनी किनबेच भएकोबारे अध्ययन तथा छानविन समिति बनाउने बचन दिएका छन् ।