जापान,२७ चैत । जापानवाट नेपाल लगायतका बिभिन्न मुलुकहरुमा समेत रेमिट्यान्स् कारोवार गरिरहेको जापान मनि एक्सप्रेस (जेएमई)ले आफ्नो सञ्जाल बढाउने क्रममा जापानको फुकुओका शहरवाट पनि कारोवार सुरु गरेको छ ।
शनिवार विभिन्न संघ सस्थाका प्रतिनिधि र यहाँका सामाजसेवी ब्यबशायी एबम प्रतिष्ठित समाजसेवीहरुको उपस्थितिमा नेपालका कार्यबाहक राजदुत कृष्णचन्द्र अर्यालबाट जेएमईको शाखाको समुदघाटन गरिएको छ ।
टोक्योपछि नेपाली बिध्यार्थीको दोश्रो ठुलो गन्तब्यको रुपमा चिनिएको फुकोआका शहरमा बिध्यार्थीहरुलाई ध्यानमा राखी बैंक तथा अन्य एटिएमहरुबाट रेमिट गर्ने झंझट र बिना जोखिम सहजै ओहासी स्टेशनको नजिकै निशीगुची ओहासी बिल्डिंगको चौथो तल्लामा जेएमईको नया शाखाबाट नगद जम्मा गर्न सकिने सेवा उपलब्ध हुने छ ।
छिटो छरितो र विस्वासिलो ढंगबाट आफ्नो अलग पहिचान कायम गर्दै आएको यस जेएमई रेमिट कम्पनीमा एक पटक ग्राहकको रुपमा दर्ता भए पश्चात कुनै रेमिट गर्ने कार्ड बनाउन नपर्ने र आफुले चाहेको समयसम्म सुलभ ढंग बाट रकम पठाउन सकिने सो कम्पनीका बजार ब्यबस्थापक राजन श्रेष्ठले जानकारी गराउनु भयो ।
बिगत ६ बर्ष देखि जापानका विभिन्न शहरहरुबाट विप्रेषण सेवा प्रदान गर्दै आई रहेको जापान मनि एक्स्प्रेस कम्पनि लिमिटेड (जेएमई) ले आगामी दिनहरुमा आफ्ना ग्राहकहरुको विश्वास जित्दै थप नयाँ नयाँ योजनाहरु सहित छिटो छरितो र बिस्वासीलो रूपमा कारोबार गर्दै सेवाग्राहीहरुको बिश्वास जित्दै जानेछौ भनि यस संस्थाका अध्यक्ष ओम गुरुङले प्रतिबध्ता ब्यक्त गर्नु भयो , साथै शाखा स्थापनाको अवसरमा जेएमईले फुकुओकाको कार्यालयमा नया तथा पुराना ग्राहकहरु स्वयम् उपस्थित भइ नेपाल पैसा पठाउदा एक महिना अर्थात मे ८ तारीखसम्म आफ्ना सम्पूर्ण ग्राहकलाई नि-शुल्क सेवा उपलब्ध गराउने घोषणा गर्नु भयो ।