आइतबार, फागुन १३, २०८०

अव जापानको फुकुओकामा पनि जेएमईको शाखा

जापान,२५ चैत । जापानवाट नेपाल लगायतका अन्य मुलुकहरुमा समेत रेमिट्यान्स् कारोवार गरिरहेको जापान मनि एक्सप्रेस जेएमई ले आफ्नो सञ्जाल बढाउने क्रममा जापानको फुकुओका शहरमा शाखा स्थापना गरेको छ ।
अप्रिल ८ तारीखवाट आधिकारिक रुपमा कारोवार गर्ने गरि शाखा स्थापना गर्न लागेको जेएमई का अध्यक्ष ओम गुरुङ्ले जानकारी दिनुभयो ।
जापानवाट नेपाल पठाएको रेमिट्यान्स् जेएमईका ३५ सय भन्दा बढि एजेन्ट तथा सव एजेन्टबाट भुक्तानी प्राप्त गर्न सक्नेछन् । छिटो र छरितोर विस्वासिलो काम गर्दै आएके जेएमईले आगामी दिनमा पनि नयाँ नयाँ छिटो र छरितो रूपमा कारोबार गर्दै जाने कम्पनीले जनाएके छ ।
६ वर्षअघि स्थापना भएको जेएमई रेमिटले नेपाल लगायतका थुप्रै मुलुकमा रेमिट्यान्स कारोवार गर्दै आएक छ ।

साथै शाखा स्थापनाको अवसरमा जेएमईले फुकुओकावाट नेपाल पैसा पठाउदा एक महिना अर्थात मे ८ तारीख सम्म नि-शुल्क सेवा उपलब्ध गराएको राजन श्रेष्ठले जानकारी दिनुभयो ।