शनिबार, बैशाख ०८, २०८१

तत्काल पेट्रोलियम पदार्थको मूल्य घट्दैनः आयल निगम

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य तत्काल नघटाउने भएको छ । बुधबार विज्ञप्ति जारी गरी निगमले अहिले पनि निगम घाटामा भइराखेकोले तत्काल मूल्य नघटाउने बताएको हो ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपनि निगमले बिक्री गरेको मूल्यमा पेट्रोलमा २ रुपैयाँ ७८ पैसा नाफा, डिजेलमा ९ रुपैयाँ ३७ पैसा घाटा र ग्याँसमा प्रतिसिलिण्डर ४ सय ९९ रुपैयाँ ५७ पैसा घाटा भएको जनाएको छ ।

अहिलेको खरिद र बिक्रीको अवस्थामा निगमलाई मासिक रुपमा १ अर्ब २७ करोड घाटा हुने अवस्था रहेको निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसनलाई अझैपनि २३ अर्ब रुपैयाँ तिर्नुपर्ने बाँकी रहेको निगमले जनाएको छ ।