बुधबार, साउन २५, २०७९

मुम्बई उडान गर्न लागेको जहाजमा आतंकवादी संगठनमा आवद्ध व्यक्ति चढेको सूचना आएपछि…

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको मुम्बई उड्न लागेको नेपाल एयरलायन्सको जहाजमा शंकास्पद व्यक्ति चढेको आशंकामा रोकिएको छ । काठमाडौंबाट मुम्बईका लागि उड्न लागेको जहाजमा शंकास्पद व्यक्ति चढेको सूचना आएपछि सबैलाई बाहिर निकालिएको छ ।

बुधबार दिउँसो १ः१० मा मुम्बई उड्नुपर्ने जहाजबाट सबै यात्रुलाई ओरालिएको हो । जहाजबाट एक जना शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले नियन्त्रणमा लिएको हो । पक्राउ परेकाको पहिचान खलाइएको छैन । ती व्यक्ति कुनै आतंकवादी संगठनमा रहेको भन्ने सूचना कैलाली प्रहरी प्रधान कार्यालयमा पठाएको थियो ।

यसमा तपाईको प्रतिक्रिया

%d bloggers like this: